मैले हेटौंडा–१३, पदमपोखरी, मकवानपुरबाट कृषि उद्यमको यात्रा सुरु गरेको हुँ। सामुदायिक विद्यालयमा निम्न माध्यमिक तहमा करिब ६ वर्ष कम्प्युटर विषय अध्यापन गरेपछि व्यावसायिक कृषि क्षेत्रमा प्रवेश गरें — बाख्रापालनबाट सुरु गरी ड्र्यागन फ्रुट, मेवा, खरबुजा तथा सयपत्री फूलको उत्पादनसम्म।
हाल करिब ३० कट्ठा जमिनमा ड्र्यागन फ्रुट खेती छ, ट्रेलिस लाइनहरूबीच अन्तरबाली लगाइएको छ, करिब १० मेट्रिक टन क्षमताको कोल्ड स्टोर, सिँचाइ पूर्वाधार तथा मिनी टिलर र ट्र्याक्टरसहितको यान्त्रिकीकरण छ। फार्मसँगै कृषि सामग्रीको लागि Mima Supplies र पशु स्वास्थ्यको लागि Mima Vet Farm सञ्चालन गर्दै आएको छु।
लक्ष्य: आधुनिक कृषि प्रविधि, कृषि पर्यटन, रोजगारी सिर्जना तथा सामाजिक सेवामार्फत स्थानीय अर्थतन्त्रमा योगदान।
- जन्म मितिवि.सं. २०४५ कार्त्तिक २१
- राष्ट्रियतानेपाली
- आधारहेटौंडा–१३, पदमपोखरी, मकवानपुर
- पेशाकृषि उद्यमी, व्यवसायी, पूर्व शिक्षक